कस्तो बन्लान् रबि लामिछाने ?

राजनैतिक रूपमा निकट भविष्यमा कस्तो नेता बन्लान् रबि लामिछाने ? के होला उनको पार्टीको अन्तिम उद्धेश्य ?

How will Rabi Lamichhane be like?

धेरै नेपालीहरुले आशाको किरणका रुपमा देखेको नेता हुन रबि लामिछाने र उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा)। धेरैजना यो नयाँ पार्टी र पुराना पार्टीहरु बिच ठुलो भिन्नता छ भन्ने मान्छन। नमानुन् पनि कसरी? रबिको नागरिकता र उनको निजी जीवनसँग सम्बन्धित केहि पक्ष बाहेक राष्ट्रलाई सोझै घात हुने ठुलो काण्डहरुमा यसका लगभग सबै नेताहरु मुछिएका छैनन्। हामी धेरै नेपालीहरुले कुनै पनि नेतालाई हेर्दा यो पक्षलाइ ठुलो ठान्छौं यसलाई नै नेता हुन लायक नं १ व्यक्तिगत विशेषता मान्छौं। तर हामीले बिर्सन नहुने एउटा कुरा यहीँ बिर्सन्छौँ। पुराना दलहरुका पुराना र बुढा नेताहरु पनि आफ्नो राजनैतिक यात्राको सुरुवात गर्ने समय तिर धेरै जसो सफा छवि भएकै थिए होलान्। कोही पनि जन्मदै भ्रष्ट र देशद्रोही हुँदैन। रबि, उनको पार्टी र त्यो पार्टीका अन्य नेताहरुको व्यक्तित्व र बिगत हेर्दै उनको वास्तविक राजनैतिक चरित्र के हुन सक्ला र उनको पार्टीको अन्तिम उद्धेस्य उनले भने जस्तै नेपाल र नेपालीको आर्थिक अवस्था फेर्ने होला कि अरु नै केही होला भनेर मैले मेरो व्यक्तिगत विश्लेषण सहित यो लेख लेख्ने जमर्को गरेको छु। यस लेखमा भएका सम्पुर्ण कुराहरु मेरो व्यक्तिगत अनुभव र विश्लेषणका आधारमा लेखेको छु। तपाईंहरुलाई मैले कहिँ कतै गलत या झुट लेखेको लागेमा यो लेखलाई कृपया काल्पनिक सम्झिदिनु होला वा सुझाव र सत्यता Log In वा Register गरी लेखको अन्त्यमा रहेको Comment Box मा दर्शाईदिनु होला।

मेरो विचारमा नेपाली संसदमा पश्चिमाहरुको मुद्धा बोक्नका लागि पुराना पार्टीहरु भर पर्दा नभएपछि उनीहरुलाई चेक (आफ्नो लाईन) मा राख्न र संसदबाट पश्चिमाको हित हुने गरी कानुन बनाउनका लागि खाडा गरिएको पार्टी हो रा.स्व.पा। रा.स्व.पा र अरु दलहरु को बिचमा एउटा मात्र फरक छ। कांग्रेस, माओवादी र एमाले कहिले भारत तिर त कहिले अमेरीका तिर र बेला-बखतमा चिन तिर पनि झुक्ने विश्वास गर्न लायक नभएका पार्टी हुन थाले। यी पुराना पार्टीहरुमाथि बिश्वाश उडेपछी अमेरीकाले आफ्नो पक्षमा मात्र काम गरोस भनेर नेपालका लागि खडा गरेको नेपाली जेलेन्स्कि (हाल युक्रेनका राष्ट्रपति जो पश्चिमा प्रति बढी झुकाव राखेर रसियासँगको युद्धको स्थिति निम्त्यायको प्रमुख मध्यको एक कारक मानिन्छन्) को पार्टी हो रा.स्व.पा।

यति भन्दै गर्दा म कुनै अरु पार्टीको कार्यकर्ता वा झोले होइन। त्यसो भए फेरी मलाई मण्डले अथवा राजावादी को ट्याग भिडाउनुहोल। त्यो पनि नगर्नुहोला। म पनि रबि र रा.स्व.पा का सबै भित्रि कुराहरु र तथ्यहरु बुझ्नु अघि यीनको समर्थन गर्थें र मेरो घर-परिवार र नजिकका आफन्त साथी-भाईहरु सबैलाई गएको संसदीय चुनावमा रा.स्व.पा लाई नै भोट हाल्न लगाएको थिएँ ।

रा.स्व.पा का गतिविधिहरुका बारे मेरो छोटो विश्लेषण:

रबि र रा.स्व.पा को नारा सुरुबाट नै व्यवस्था भन्दा पनि अब अवस्था (अर्थतन्त्र) बदल्छौँ भन्ने छ। नेपालको अर्थतन्त्रमा सबै भन्दा ठुलो भूमिका खेल्ने हाम्रा दुई छिमेकी देश भारत र चिन हुन् । तर चुनाव जितेर यत्रो समय बितिसक्दा पनि यिनका पार्टीका एकजना नेता वा सांसदले भारत वा चिनका राजदुत, नेता वा कूटनीतिज्ञसंग भेटेको वा भेट्न पहल गरेको मैले थाहा पाएको छैन। तर यीनका हरेक संसद केहि न केहि कामको लागि अमेरिकी राजदुत, कूटनीतिज्ञहरु र पश्चिमा वा अमेरिकासंग विचार मिल्ने देशहरु (युरोपियन युनिअन सहित) का राजदुतहरु र कूटनीतिज्ञहरुसँग चाहिँ भेटवार्ता गरि राखेका हुन्छन्। नेपालले आफ्नो आर्थिक मुहार फेर्न चिन र भारत दुवैसँग राम्रो र सन्तुलित कुटनैतिक र व्यापार सम्बन्ध राख्नुपर्छ भन्ने कुरा लगभग सबै नेपालीले बुझेकै कुरा हो। तर रा.स्व.पा ले यी दुवै पक्षसँगको सम्बन्धलाई बाईपास गर्न खोजेको सजिलै देखिन्छ। हाम्रो देशको अस्तित्व जोगाउन हामीले अमेरिकालाई बाईपास गर्न सकौंला तर भारत वा चिन मध्य कुनै एकलाई त्यसरी बाइपास गरेर यो देशको आस्तित्व जोगाउन सकिँदैन।

यस पार्टीका शिर्ष नेताहरु जसमा रबि स्वयं सहित उपसभापति स्वर्णिम वाग्ले, अरनिको पाँडे, सुमना श्रेष्ठ लगायतका छन् जो हाम्रो क्षेत्रीय-भुराजनीतिलाई बे-वास्ता गर्दै पश्चिमा देशहरुप्रति बढी नै सहानुभूति राख्ने खालका छन्। अझ यो पार्टीका नेताहरु वैदेशिक भ्रमणमा गएका लगभग सबै देशहरु पश्चिमा देशहरुको गुट भित्र (जसमा अस्ट्रेलिया, न्यु जिल्याण्ड, दक्षिण कोरिया, जापान लगायत का अन्य देशहरु पनि पर्दछन) पर्छन् । यो पार्टीका नेतालाई विभिन्न अवार्ड (जस्तै सोबिता गौतमलाई दिएको विश्व वर्ष युवा राजनीतिज्ञ अवार्ड) पनि तिनै पश्चिमाहरुको हालीमुहाली भएका संघ वा संस्थाले दिन्छन्। केहि समय अगाडी धरानमा केहि उग्रवादी तत्वले संविधानमै वर्जित गोरु काटी मासु खाँदा पनि यिनका कुनै नेताले तत्काल केहि बोलेनन् । पछि यो विषयको प्रश्नबाट उम्किन नमिल्ने भएपछि मात्र रविले गोरु काटी मासु खाने काम संबिधान बिपरित छ तथा त्यस्तो कार्य गर्न नहुने र प्रशासनले त्यही अनुसार कारबाही अगाडी बढाउने आशा छ भनि भनेका थिए ।

हामी नेपाली जनताले नेपाललाई युक्रेन बनाउने खालको परराष्ट्र नीति अपनाउने पार्टीलाई बालेन (काठमाडौँ महानगरका नगर प्रमुख) जस्तै इमान्दार र देशभक्त मान्छेको पार्टी भन्ने भ्रममा परेर तेत्रो भोट दिएर संसदमा तेत्रो सिट दिलायौँ। अझै पनि पार्टीका झोले नभएका अधिकांश सोझा नेपालीहरुले रबि र बालेनलाई एकै खालका नयाँ, युवा, देश बनाउने आँट, हिम्मत, सहास र सबै भन्दा महत्त्वपूर्ण, देश बनाउने उद्धेस्य भएका नेता भनेर यौटै घेराभित्र राखेर हेर्छन। सत्यता यसको ठिक विपरित देखिन्छ । बालेनले राजधानी महानगरको प्रमुखको पदभार गरेपछिका कार्यहरु हेर्दा उनको कोष-कोषमा यो देश र यस क्षेत्रको ५००० वर्ष भन्दा बढी पुरानो इतिहाँस, सभ्यता, संस्कृति, कला र धर्मको छाप देखिन्छ भने रबि ठ्याक्कै हाम्रा यिनै सम्पति र सम्पदा नष्ट गर्नका लागि अमेरिकाले नेपालका लागि भनेर फालेको एउटा मिसनरी जस्तो देखिन्छन् । अनि मुख्य त चिन र परि आएको अवस्थामा भारतका बिरुद्ध नेपाललाई प्रयोग गर्नका लागि खाडा गरिएको नेपाली जेलेन्स्कि जस्तो देखिन्छन् रबि । यदि म गलत र रबि सच्चा देशभक्त निस्किए र पश्चिमा साहुजीहरुले भनेको उनले वा उनको पार्टीले मानेन वा  गरेन भने त्यसै दिन यो पार्टीको स्थापना कालको उद्देश्यको अन्त्य हुनेछ र स्थापना कालको वैचारिक अस्तित्व पनि समाप्त हुनेछ किनभने यो पार्टी खाडा गरिएकै बदलिँदो बिश्व भु-राजनीति अनुसार मुख्यतया चिन र परि आएको आवस्थामा भारत बिरुद्ध नेपाल र नेपालीहरुलाई प्रयोग गर्नका लागि हो।

Leave a Comment

This site uses User Verification plugin to reduce spam. See how your comment data is processed.